साउन १ देखि वृद्धभत्ता बढ्छ, अब मान्छेलाई निद्रा लाग्दैन ː प्रधानमन्त्री ओली |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।
मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । अब बूढाबूढीलाई सरकारले केही दिन लाग्यो भनेर मानिसहरुलाई निद्रा नलाग्ने ओलीले टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री ओलीले पहिलो बजेटमै सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै आलोचना गरेको तर दोस्रो बजेटमा बढाएको बताए ।
सामाजिक सुरक्षा भत्ता नबढाए पनि सामाजिक सुरक्षाको क्षेत्रमा थुप्रो काम गरेको भन्दै उनले अरु काम पनि गर्दै जाने बताए ।
‘कसैलाई आपत्ति लाग्ला । आपत्ति लाग्छ भने फेरि भन्छु साउन १ देखिलागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ’ उनले भने ।ओलीले पूर्वपश्चिम रेलमार्ग पनि छिटै शिलान्यास गर्ने बताए ।


