यस्तो छ नयाँ वर्षमा सिजीको उपहार योजना |
काठमाडौँ । नयाँ वर्ष २०७८ लाई लक्षित गरेर सि.जीले उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरुले सिजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामान किन्दा १० वर्षसम्म वारेन्टी ५४ हजार दुई सयसम्मको बचत लगायत उपहारहरु छन् ।
सिजीका एलइडी टिभी किन्दा ३ बर्षको वारेन्टी, आकर्षक छुट, मल्टिडोर र साइड बाइ साइड रेफ्रिजरेटर किन्दा १० बर्षको वारेन्टी र सिजी मिक्सर पाउन सकिन्छ ।
सिङगल डोर र डबल डोर रेफ्रिजरेटर किन्दा १० बर्षको वारेन्टी र आकर्षक छुट पाइनेछ ।
सोही ब्रान्डको फ्रन्ट लोड वासिङ मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा सिजी मिक्सर पाइनेछ ।
टप लोड तथा टुइनटब किन्दा १२ महिनाको वारेन्टी तथा सिजी आइरनका र आकर्षक छुट पाइने कम्पनीको भनाइ छ ।
यसैगरि सोकेस र चेस्ट फ्रिजरमा ६० महिनाको वारेन्टी र ट्रले तथा मल्टी मिडिया स्पिकरमा आकर्षक छुट र १२ महिनाको वारेन्टी पाउन सकिन्छ। डिसवासर किन्दा सिजी मिक्सर पाउन सकिन्छ ।
माइक्रो वोभनमा १२ महिनाको वारेन्टी, कुकिङ किट, आकर्षक छुट, एसीमा ६० महिनाको वारेन्टी, निःशुल्क जडान र छुट पाइनेछ ।
कम्पनीले आजदेखि (चैत १०) देशभरमा सिमित अवधिका लागि लागू गरिएको बतायो ।


