राष्ट्रिय वाणिज्य बैङ्क र संघीय संसद सचिवालयबीच सरल कर्जा प्रवाह गर्ने सम्झौता |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र संघीय संसद सचिवालय बीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भएपश्चात संसद सचिवालयमा कार्यरत तोकिएको सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई सचिवालयको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म बैङ्कको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैङ्कले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैङ्कले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ ।
हाल बैङ्कको आधार दर ५.६१ प्रतिशत रहेको छ । सम्झौता अनुसार सचिवालयका कर्मचारीहरुको तलबी खाता बैङ्कले संचालन गर्नेछ । यस सम्झौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।


