एनएमबिको १२५ दिने निक्षेपमा आकर्षक योजना |
काठमाडौं । हाल बैंकमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबिले उच्चतम ब्याज प्रदान गर्दै आइरहेकोे छ । माघ महिना देखी सबैभन्दा बढी ब्याज दिन लागेको एनएमबि बैंकले अब नयाँ योजना अन्तर्गत सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्धतीमा ७.२५ प्रतिशतसम्म बाषर््िाक ब्याजदर (०.५ प्रतिशत प्रिमियम सहित) तोकेको छ ।
हाल मुख्यतया बैंकहरु कर्जा सापटीमा केन्द्रित रहेको देखिएता पनि एनएमबिले भने साना निक्षेपकर्ताहरुलाई बचत गर्न प्रोत्साहन गर्ने गरी निक्षेपमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकको देशभरीका १८० शाखाहरुमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरु साथै देशभरीका १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


