मध्यपूर्वी एसियामा ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गर्ने पहिलो एयरलाइन्स बन्यो कतार |
काठमाडौं । मध्यपूर्वी एसियामा अत्याधुनिक आईएटीए ट्राभल पास ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गर्ने कतार एअरलाइन्स पहिलो वायुसेवा कम्पनी बनेको छ ।
कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए), कतार जनस्वास्थ्य मन्त्रालय, प्राथमिक स्वास्थ्य सेवा निगम तथा हमाद चिकित्सा निगमको सहकार्यमा सुरु भएको डिजिटल राहदानी मोबाइल एप परीक्षण गरेको हो ।
कतार एअरवेजको दोहादेखि इस्तानबुलसम्मको उडानका यात्रु ‘डिजिटल राहदानी’ एप अनुभव गर्ने पहिलो समूह हुनेछन् । यस सेवामार्फत प्रत्यक्ष सम्पर्कबिना सुरक्षित तथा सुचारु यात्रा अनुभव यात्रुहरुलाई प्रदान गर्ने एयरलाइनको लक्ष्य रहेको छ ।


