नेपाली जनताको ऐतिहासिक जित ː प्रचण्ड–माधव समूह | प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशी साटे
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद पुनर्स्थापनासँगै जनताको जित भएको बताएको छ ।
चितवनमा रहेका अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक इललासले ऐतिहासिक र साहसिक फैसला गरेको बताएका छन् ।
अदालतको आदेशबारे सूचना पाएलगत्तै प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाएका छन् । उनीहरुले कार्यकर्ताहरुलाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् । भोलि चितवनमा हुने भनेको कार्यक्रम पनि अब विजयसभामा परिणत हुने भनिएको छ ।
दुवै अध्यक्षले नेपाली जनताको जित भएको बताएका छन् । चितवनमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘प्रधानन्यायाधीश, संवैधानिक बेञ्चका चारै न्यायाधीशले संविधान लिकमा ल्याउनु भयो । निरंकुशतालाई चोटिलो जवाफ दिनुभयो । साहसिक कदम चाल्नु भएकोमा हाम्रो पार्टी आभार व्यक्त गर्छ ।’
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षाका लागि आन्दोलनमा उत्रिने सबैलाई धन्यवाद दिए ।


