एनएमबिको क्यूआर कोडबाट दमकको नमूना कृषि बजारमा सेवा शुरु |
झापा । एनएमबि बैङ्कले नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यसहित झापाको दमकस्थित नमूना कृषि बजारमा क्यूआर सेवा शुरु गरेको छ । क्यूआरमार्फत नगदरहित भुक्तानीलाई प्रवर्धन गर्न एक कार्यक्रमका बीच उक्त सेवाको शुरु गरेको बैङ्कले जनाएको छ ।
बैङ्कले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको जनाएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगदरहित कारोवार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीहरूलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने प्रयास गरेको बैङ्कले जनाएको छ ।
उक्त सेवाको शुभारम्भ बैङ्कका प्रदेश १ प्रमुख घिमिरेले उक्त कृषि बजारको व्यवसायीको पसलमा विद्युतीय भुक्तानीमार्फत सामान खरिद गरेर गरेका थिए । कार्यक्रम दमक शाखाको अगुवाईमा भएको थियो ।
यो परियोजना नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुरूप डिजिटाइजेशन तर्फ केन्द्रित रही नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैङ्कले आफ्ना ग्राहकलाई विभिन्न किसिमका विद्युतीय भुक्तानीका माध्यम प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ ।


