एसबी सोलुसन र डीजी हबले ‘क्रेडिट एक्स प्रो’ अटोमेसन प्रणाली संचालन गर्ने |
काठमाडौं । एसबी सोलुसन प्राइभेट लिमिटेड र डीजी हब प्राइभेट लिमिटेड बीच सम्झौता भएको छ । लगानी र सहकार्यका लागि एसबी सोलुसन तथा डीजी हब बीच सम्झौता भएको हो ।
कम्पनीका अनुसार क्रेडिट र लेन्डिङ प्लेटफर्मलाई डिजिटाइज गर्ने लक्ष्यका साथ सहकार्य भएको हो । यो लक्ष्यलाई पुरा गर्नका लागि एसबी सोलुसनका अध्यक्ष र डीजी हबका प्रबन्ध निर्देशक बीचमा सम्झौता भएको हो ।
लेन्डिङ क्षेत्रमा डिजिटाइज गर्न एसबी सोलुसनले ‘क्रेडिट एक्स प्रो’ भन्ने लोन अटोमेसन प्रणालीको विकास गरेको छ । डीजी हबसँग सहकार्य गरेर एसबी सोलुसन निरन्तर रुपमा क्रेडिट अटोमेसन, माइक्रो लेन्डिङ, लोन प्लेटफर्म, ओपन बैकिङ्गको क्षेत्रहरुमा काम गरिरहने दाबी गरेको छ । एसबी सोलुसनको क्रेडिट एक्स प्रयोग गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले पनि थप एपीआई इन्टिग्रेसन र नेटवर्क कनेक्सनको सुविधा पाउनेछन् ।
क्रेडिट एक्स सँगसँगै एसबी सोलुसनले बैङ्क तथा वित्तीय संस्थाहरुलाई क्रेडिट रेटिङ र वित्तीय मूल्याङ्कन, अनलाइन कर योग्यता, अनलाइन अकाउन्ट खोल्न, डकुमेन्ट व्यवस्थापन प्रणाली, विक्रेता व्यवस्थापन प्रणाली, कर्पोरेट बैकिङ्ग प्रणालीको क्रेडिट र ग्यारेन्टी स्वचलित व्यवस्थापन प्रणाली, मेमो व्यवस्थापन प्रणाली, कागजात अभिलेख प्रणाली, बजेट प्रबन्धन प्रणाली जस्ता सेवाहरु प्रदान गरिरहेको छ ।
डीजी हब प्रालिले बैङ्क तथा वित्तीय संस्थाहरुलाई एन्ड टू एन्ड फिनटेक सोलुसन पनि प्रदान गर्ने गर्छ ।


