आकर्षक सुविधाहरुसहित सिद्धार्थ बैङ्कको जेन–जेड बचत खाता योजना सार्वजनिक |
काठमाडौं । सिद्धार्थ बैङ्क लिमिटेडले नयाँ पुस्तालाई लक्षित गर्दै सिद्धार्थ जेन(जेड नामक बचत खाता सञ्चालनमा ल्याएको छ । यस बचत खाता ई सं १९९५ र सो भन्दा पछि जन्मनु भएका ग्राहकहरुले शुन्य मौज्दातमै खोल्न सक्ने बैङ्कले जनाएको छ । यो खाता नाबालकको हकमा पनि खोल्न सकिने छ ।
सिद्धार्थ जेन–जेड बचत खाता ग्राहकहरुको माझ बचत सँगसँगै सहज तथा सरल बैैंकिङ्गको अनुभुति गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको अनलाइनमार्फत पनि खोल्न सकिने, आकर्षक ब्याजदर सहितको सुविधा सम्पन्न प्रिमियम बचत खाता हो । यस खातामा ५ लाखसम्मको पूर्ण शारीरिक अशक्ततारदुर्घटना मृत्यु बीमा सुविधा समेत प्रदान गरिने बैङ्कले जनाएको छ । बीमा सुविधा दाबी गर्नका लागि भने ग्राहकहरुको खातामा न्युन्तम मौज्दात १० हजार हुनुपर्नेछ ।
यस बचत खातामा ग्राहकहरुले विशेष आकर्षक सुविधाहरु निस्शुल्क पाउन सक्नेछन् । जसमा,
–डेबिट कार्ड ९पहिलो २ वर्षका लागि०
–क्रेडिट कार्ड पहिलो १ वर्षका लागि
–इन्टरनेट बैैंकिङ्ग पहिलो २ वर्षका लागि
–मोबाईल बैैंकिङ्ग पहिलो २ वर्षका लागि
–डिम्याटरमेरो सेयररसि आस्वा पहिलो २ वर्षका लागि
–एसएमएस अलर्ट
–बैंकस्मार्टमा आईपिओरएफपिओरहकप्रद सेयररम्युचल फन्ड अलर्ट
–भाईबर बैैंकिङ्ग, एबीबीएस खाताको स्टेटमेन्ट
–ई(कमर्स कारोबार नेपाल भित्रको लागि मात्र
–कनेक्ट आईपीएस दर्ता
साथै यस बचत खातामा डिमान्ड ड्राफ्ट जारी शुल्कमा ५०५ छुट, शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ०.५५ छुट र सिद्धार्थ बैङ्क स्मार्ट एपमार्फत पहिलो रिचार्ज गर्दा ५५ छुटको सुविधाहरु रहेका छन् । बैङ्कले ल्याएको यस खातामा अधिकतम सुविधाहरु समावेश गरिएको छ । यस योजनाले युवा वर्गहरुलाई बचतसँगसँगै प्रविधिमैत्री बैंकिङ्ग सेवा उपलब्ध हुने बैङ्ले जनाएको छ ।


