भ्यालेन्टिन लक्षित ‘रियलमी’गिफ्ट आइटम |
काठमाडौं । प्रेमका लागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टाइन डे’ मा प्रेम गर्नेहरूले आफ्ना पार्टनरलाई विशेष गिफ्ट आइटम खोजिरहेका हुन्छन् । यसैलाई लक्षित गरेर ‘रियलमी’ स्मार्टफोन ब्रान्डले भ्यालेन्टाइन स्पेसल आर्टिफिसियल इन्टेलिजेन्स डिभाइस (एआईओटी) गिफ्ट आइटमहरू प्रदान गरिरहेको छ ।
रियलमी एआईओटी डिभाइसहरू केबल एक्सेसरिज मात्र नभएर मोबाइल फोनसँग लिङ्क गरेर सुन्दर अनुभूति गर्न सम्भव रहेको प्रयोगकर्ताहरूको अनुभव रहेको छ ।
रियलमी ब्यान्ड
रियलमीको यसमा ‘हार्ट रेट सेन्सर’, ‘स्लीप क्वालिटी मोनिटर’, ९ स्पोर्ट मोडमा ‘आइडल अलर्ट’ तथा ‘इन्टेलिजेन्स स्पोर्ट ट्र्याकर’ राखिएको छ । यस्तै आइपी ६८ अन्तर्राष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो ब्रान्ड पानी, फोहर तथा धूलोमा खसेमा पनि केही नबिग्रिने कम्पनीको दावी छ ।
स्वास्थ्य ट्र्याक गर्नुका साथै यसको प्रिमियम र न्यूनतमबोर्डरलेस डिजाइनले सेवाग्राहीलाई स्टाइलिस समेत बनाउने कम्पनीको दाबी छ । ०.९६ इन्चकलरस्किन रहेको यो ब्यान्ड वातावरणमैत्रीपोलिमर सामाग्रीबाट बनेको छ जसको तौल केबल २० ग्राममात्र रहेको छ । यसमा ५ युनिक डिस्प्ले रहेको छ ।
रियलमी बड्स एयर
रियलमी उत्कृष्ट टू वायरलेस स्टेरियो (टीडब्लूएस)को विशेषता पनि यसमा रहेको छ । रियलमी बड्स एयर केबल ४.३ ग्राम तौलका साथ उपलब्ध रहेको छ । एकपटकमा निरन्तर १७ घण्टासम्म प्लेब्याक म्युजिकका रुपमा काम गर्न सक्ने क्षमता यसमा रहेको छ । अटो कनेक्सन, स्मार्ट इन–इयर डिटेक्सन, बिल्ट–इनगुगल असिस्टेन्ट तथा टच कन्ट्रोल लगायतका विशेषताहरु यसमा रहेका छन् ।
रियलमी घडी ‘वाचएस’
‘रियलमी वाचएस’ घडीले रियलमी ब्यान्डले गर्ने सबै कामसहित अन्य फिचर्सहरु पनि प्रदान गरेको छ । १.३ इन्च लम्बाईको डिस्प्ले रहेको यस घडीले कोठाभित्र मात्र नभएर बाहिरी वातावरणमा पनि सहज तरिकाले हेर्न सकिने सेवा दिएको छ ।
यसको डिस्प्लेमा अमेरिकी ग्लासमेकर कम्पनीले निर्माण गरेको कडा खालको कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ । आईपी६८ अन्तर्राष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो घडी पानी र फोहोरमा खसे पनि घडीमा कुनै असर नदेखिने कम्पनीले जनाएको छ ।
कम्पनीले यस घडीमा १०० भिन्न प्रकारको डिजाइनमा बनेको डिस्प्ले राखेको छ । यस घडीमा विशेष सेन्सर पनि राखिएको छ, जसले रगतमा हुने अक्सिजनको मात्रा मापन गर्ने भएकाले ग्राहकको स्वास्थ्य निगरानीमा पनि यसले सहयोग पु¥याउँछ । १६ स्पोर्टस ट्र्याकिङ मोड, स्लिप मोनिटर, ड्रिङ्किङ रिमाइन्डर र ध्यान÷योग तथा आरामको तालीका समेतको सुविधा यस घडीमा रहेको छ ।
रियलमी गुगलसँग घडीलाई लिङ्क गरेर फोनअनुसारको आफ्नो तालीकासँग जोडेर त्यसअनुसारको समय तालीका यसमा निर्देशित गर्न सकिन्छ । फोनको सम्पूर्ण नोटिफिकेसनहरु घडीमार्फत जानकारी पाउन सकिने हुँदा खल्तीमा भएको मोबाइलमा आएको एसएमएस, फोन लगायतको जानकारी घडीमार्फत नै लिन सकिन्छ । घडीमा भएको ब्याट्रीले निरन्तर १५ दिनसम्म काम गर्दछ ।


