मोबाइल एपलाई प्रभावकारी बनाउँदै यती एअर |
काठमाडौं । यती एअरलाइन्सले सञ्चालनमा ल्याएको मोबाइल एप्स पछिल्लो समय हवाई यात्रुमाझ प्रभावकारी बन्दै गएको छ ।
केही समय अगाडी सञ्चालनमा ल्याएको एप्स डाउनलोड गरी टिकट खरीद गर्दा यात्रुले हवाई भाडामा आकर्षक छुट पाउने, उडान सम्बन्धि जानकारी सजिलै प्राप्त गर्न सक्ने, दैनिक अफरको बारेमा समेत जानकारी पाउने भएपछि यात्रुहरु मोबाइल एप्सतर्फ आकर्षित भएका हुन् ।
एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौैलाले पछिल्लो समय अनलाइनमार्फत टिकट खरीद गर्नेको संख्या ह्वातै बढेको बताए । “दैनिक रुपमा हुने टिकट खरीदमध्ये ८० प्रतिशतसम्म अनलाइनमार्फत हुने गरेको छ । साथै एअरलाइन्सको मोवाइल एप्समार्फत टिकट खरीद गर्दा थप छुट पाउने भएपछी आकर्षण बढेको हो ।” उनले भने ।


