जोन्टा क्लब काठमाडौँद्वारा ललितपुर महानगरीय प्रहरीलाई डेस्कटप र ल्याप्टप वितरण |
काठमाडौं । काठमाडौँको जोन्टा क्लबले यस वर्ष केटी र महिला हिंसाका घटनालाई सहयोग पु¥याउनललितपुर महानगरपालिका १०० हेल्पलाइनसँग सम्झौता गर्यो । केटीहरु र महिला हिंसामा कार्यरत कन्ट्रोल रुमलाई सहयोग पुर्याउने हिसाबले क्लबले २१ फेब्रुअरी २०२१ माललितपुर महानगरपालिका, जावलाखेलमा ४ वटा डेस्कटप र २ वटा ल्याप्टप प्रदान गरे ।
जोन्टा वकिल समिति र ललितपुर महानगरपालिकाका सदस्यहरुको उपस्थितिमा जोन्टा क्लब अफ काठमाडौँ (जेडएन)का जोन्टा क्लबका अध्यक्ष सीमा गोल्छाले ललितपुर महानगरपालिकाका एसएसपी किरण बज्राचार्यलाई ल्याप्टपहरु हस्तान्तरण गरे ।
लक्ष्मी बैँकले (२ वटा डेस्कटप), दया फाउन्डेसनले (१ वटा ल्याप्टप), ज्योति समूहले (१ वटा डेस्कटप), गोल्छा समूहले (१ वटा डेस्कटप),संस्कृत विद्यालयले (१ वटा ल्याप्टप) गरी जम्मा ६ वटा कम्प्युटरर्सहरु प्रदान गरेका थिए ।
एसएसपी किरण बज्राचार्यले भने,“ललितपुर मेट्रोपोलिटन प्रहरी हेल्पलाइन १०० लाई कलहरु कुशलतापूर्वक व्यवस्थापन गर्न र पीडितलाई सहयोग पुर्याउन प्राविधिक स्रोतको कमी पर्दै आएको थियोे । कल र गुनासोहरु नोटमा म्यानुअल रुपमा रेकर्ड गरिदै आएको थियो । केसहरु अनुसन्धान गर्न सक्षम भएका थिएनन् । थप कम्प्युटरहरुको सहयोगले १०० मा डायल गरी हामी नागरिकहरु लाई उनीहरुको गुनासोको लागि मदतगर्न, कलहरु प्रबन्धगर्न र ट्रयाक गर्न सक्षम हुनेछौँ।”
अध्यक्ष सीमागोल्छाले भनिन्, हेल्पलाइनमार्फत महिलालाई सहयोग पुर्याउन र यस साझेदारीको लागि हाम्रो वकालत वकीलको टोलीको परामर्श मार्फत मुद्दाहरु सुल्झाउनका लागि हामी यी कम्प्युटरहरु उपलब्ध गराउन कृतज्ञ छौँ । हामी थप महिलाहरु लाई समर्थन गर्ने र उनीहरु लाई सशक्तिकरण गर्ने आशा गर्दछौँ।”
जोन्टा क्लब काठमाडौँ नेपाल कानुनीरुपमा दर्ता गरिएको काठमाडौँको एन्.जी.ओ हा,े जुन २०१२मा जोन्टा इन्टरनेसनलको छाता अन्तर्गत स्थापना भएको हो । यो सेवा र वकालतमार्फत राष्ट्रिय र स्थानीयतहमा अर्धव्यवस्था, शिक्षा, स्वास्थ्य, युवा र महिला विरुद्घ हुने हिंसा सम्बन्धि मुद्दाहरुको सुधार गर्ने उद्येश्यका साथमहिलाको स्थितिको प्रगतिमा काम गरिरहेको छ । नेपाल अफिसियल्ली६४औँ राष्ट्र हो, जुन आधिकारिक रुपमा चार्टर्ड हुनेछ । हाम्रो क्लबलाई प्रतिनिधित्व गर्ने ५४ सदस्यहरु छन्, जुन विविध पृष्ठभूमिका छन् । जसमा सामाजिक कार्यकर्ताहरु, बैँकहरु, उद्योगहरु, डाक्टरहरु, वकिलहरु, आर्किटेक्टहरु, व्यवसायिक नेताहरु र पेशेवरहरु पर्दछन् ।


