फोटोनको अत्याधुनिक टुनल्याण्ड एम्बुलेन्स ट्रमा सेन्टरलाई हस्तान्तरण |
काठमाडौं । हालैमात्र नेपाली बजारमा उच्च प्रविधियुक्त अत्याधुनिक फोटोनको टुनल्याण्ड एम्बुलेन्स भित्रिएको छ । नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्ल्यु बृद्धि कमर्सियल भेइकल्स प्रालिले उक्त एम्बुलेन्स नेपाल भित्र्याएको हो ।
पहिलोपटक बजारमा एम्बुलेन्स भित्र्याएको कम्पनीले उक्त सुविधासम्म एक एम्बुलेन्स नेसनल ट्रमा सेन्टरलाई हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच कम्पनीले ट्रमा सेन्टरका डाइरेक्टर डा. सन्तोष पौडेललाई सो एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
ट्रमा सेन्टरलाई एम्बुलेन्स हस्तान्तरण गर्दै कम्पनीले टुनल्याण्ड जस्तो अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स नेपाली बजारमा पहिलो पटक भित्रिएको दावी गरेको छ । उक्त एम्बुलेन्स भित्र एउटा विरामीका लागि आवश्यक सम्पूर्ण मेडिकल पूर्वाधारहरु उपलब्ध रहेको र जसका कारण बिरामीलाई अस्पताल लैजाँदा वा ल्याउँदा निकै सहज हुने कम्पनीले बताएको छ । साथै अस्पतालहरुको आवश्यकताअनुसार एम्बुलेन्समा आवश्यक थप पूर्वाधारसहित सुविधायुक्त बनाउन समेत सकिने कम्पनीले बताएको छ ।


