बी एन्ड बी हस्पिटलमा एनएमबिको विस्तारित सेवा सञ्चालनमा |
काठमाडौं । एनएमबि बैंकले बी एन्ड बी हस्पिटलमा उपचारको लागि आउनु भएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्देश्यले एटीएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त सेवाको उद्घाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बीएन्डबी बोर्डको तर्फबाट डा. सरोज बैंद्यले संयुक्त रुपमा गरेे ।
कार्यक्रममा एनएमबि बैंकबाट कर्मचारीहरुका साथै बीएन्डबीका तर्फबाट डा. रिना बैद्य, बिबेक श्रेष्ठ, चेतना बास्कोटा लगायत ब्यक्तिहरुको उपस्थिति थियो । वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै र सुरक्षाका उपायहरु अवलम्बन गदै उक्त कार्यक्रम गरिएको थियो ।
एनएमबि बैंकले हाल देशभरि १८० शाखाहरु, १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


