ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा मिल्नेछ यस्तो छुट |
काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच बैङ्कका ग्राहकहरुलाई छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैङ्कको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीका बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैङ्कका कर्मचारी एवम् डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड बाहक ग्राहकले सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीमा उपलब्ध आवास तथा खाना/पेय पदार्थमा १०५ सम्मको छुट प्राप्त गर्नेछन् ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैङ्कले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको बैङ्कले जनाएको छ ।


