बैंक तथा वित्तीय संस्थालाई तीन वर्षभित्र आईपीओ जारी गर्न राष्ट्र बैंकको निर्देशन |
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सञ्चालनमा आएको मितिले तीन वर्षभित्र आईपीओ जारी सक्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७५ जारी गर्दै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले तीन वर्षभित्र सर्वसाधारणका लागि छुट्याइएको शेयर विक्री वितरण गरिसक्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले आईपीओका लागि यस्तो व्यवस्था गरे पनि एफपीओमा भने कुनै निर्देशन दिएको छैन । प्रचलित धितोपत्रसम्बन्धी कानूनको अधीनमा रही सार्वजनिक रूपमा पुनः शेयर निष्कासन (एफपीओ) जारी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले शेयर निक्षेप योजना सञ्चालन गर्न सक्ने व्यवस्था उक्त निर्देशिकामा गरेको छ । तर, यसका लागि विभिन्न शर्तहरू राष्ट्र बैंकले तोकेको छ । शेयर निक्षेप योजनाअन्तर्गत बचत गर्ने बचतकर्ताहरूले उक्त कम्पनीको शेयर खरिद गर्न (संस्थापक समूह) चाहेको अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा यस बैंकबाट जारी भएको एकीकृत निर्देशन तथा इजाजतपत्र प्रदान गरिने नीतिमा उल्लेख भएका प्रावधानहरू अनुसार संस्थापक हुन तोकिएको योग्यताहरू पूरा गरेको हुनुपर्ने राष्ट्र बैंकले बताएको छ ।
Visited 1 times, 1 visit(s) today


