सुनचाँदी ब्यवसायलाई ब्यवस्थित गर्न सरकारले सहयोग गर्ने |
काठमाडौं । सुनचाँदी ब्यवसायलाई थप ब्यवस्थित र प्रभावकारी वनाउन सरकारले सहयोग गर्ने भएको छ । सुनचाँदी ब्यवसाय सञ्चालनकाक्रममा आवश्यक पर्ने नीतिगत ब्यवस्था, पर्याप्त कच्चा पदार्थ आपूर्तिको सुनिश्चितता तथा तालिम एवं अन्तर्राष्ट्रिय गरगहना सम्मेलन लगायतका क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता सरकारले जनाएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलसँगको भेटकाक्रममा बुधबार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले ब्यवसायीले उठाएका नीति निर्माण, कच्चा पदार्थको पर्याप्त आपूर्ति ब्यवस्था, तालिम एवं अन्तर्राष्ट्रिय गरगहना सम्मेलन लगायतका बिषयलाई आवश्यक सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताए । उनले ब्यवसायीको माग अनुरुप सुनको आपूर्तिमा लागु हुँदै आएको कोटा सिघ्र वृद्धिगर्ने र ब्यवसायीको माग अनुसार मोफसलका जिल्लाहरुवाट हुने सुनको वितरणलाई नेपाल राष्ट्र बैंकसँगको समेत सहकार्यमा थप ब्यवस्थित र प्रभावकारी वनाउने प्रतिवद्धता जनाए ।
भेटकाक्रममा सचिव अर्यालले सुनचाँदी ब्यवसाय सञ्चालनकालागि आवश्यक पर्ने नीतिगत ब्यवस्थाकालागि यसअघि नै मस्यौदा तयार भैसकेकोे उल्लेख गर्दै त्यसलाई सिघ्र कार्यान्वयनमा ल्याउन आफूप्रतिवद्ध रहेको बताए । सुनचाँदी ब्यवसाय प्रवद्र्धनकालागि आवश्यकता अनुसार तालिमको ब्यवस्था गर्न, रोजगारिका अवसर बढाउन, सुनका गरगहना निर्यातकालागि आवश्यक सहज वातवारण निर्माण गर्न तथा ब्यवसायीहरुरका तर्फवाट अगाडि सारिएका अन्य मागहरुलाई सम्वोधनगर्न आफूले सम्वन्धित निकायसँग छलफल र सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उपभोक्ताको लगानीको सरक्षा, Assects Apreciation , पारदर्शी मूल्य र तौल एवं शुद्ध र गुणस्तरीय सुनचाँदीका गरगहनाको उपलब्धता आफूहरुको पहिलो प्राथमिकतामा रहेको बताए । उनले सुनचाँदी ब्यवसायमा देखिएका समस्याको निराकरण गर्दै ब्यवसायलाई थप ब्यवस्थित र प्रभावकारी वनाउन आवश्यक पर्ने बिषयहरुलाई समेटेर तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना सहितका सुझाव समेत सरकारलाई उपलब्ध गरा । त्यसक्रममा महासंघका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


