पेट्रोलियम विक्रेताको कमिसन बढ्यो, उपभोक्ताले प्रतिलिटर ३६ पैसा बढि तिर्नु पर्ने |
काठमाडौं । नेपाल आयल निगमले उपभोक्तालाई प्रत्यक्ष भार पर्ने गरी व्यवसायीको कमिसन बृद्धि गरेको छ । निगम सञ्चालक समिति बैठकले विक्रेताहरुले पाउँदै आएको कसिमन बृद्धि गर्ने निर्णय गरेको हो । अहिले बिक्रताले पेट्रोलमा कुल मूल्यको ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन पाउँछन् ।
अब पेट्रोलमा ०.३९५ र डिजेलमा ०.४७ प्रतिशत कसिमन थप हुनेछ । यो निर्णयसँगै व्यवसायीहश्ररुको कमसिन प्रतिलिटर डिजेलमा २१ र पेट्रोलमा १२ पैसा कवृद्धि हुनेछ भने एक ट्यांकर पेट्रोलमा २४०० र डिजेलमा ४ हजार २०० रुपैयाँ थप हुनेछ ।
उपभोक्ताको हितलाई मध्यनजर गर्दै कम भन्दा कम रकममा व्यवसायीहरुको माग सम्बोधन गरेको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले दाबी गरेका छन् । ‘व्यवसायीले कमिसन एक रुपैयाँ पाउनुपर्ने माग राखेका थिए, १२ र २१ पैसामा समाधान निकालिएको छ, पौडेलेले भने ।
विक्रेताहरुले पाउने थप कमिसन उपभोक्ताबाट असुल गरिनेछ ।


