सानिमा क्यापिटलले माघ ९ गतेदेखि सानिमा म्युचुअल फण्ड निष्काशन खुला गर्दै |
काठमाडौं । सानिमा क्यापिटलले माघ ९ गतेदेखि सामूहिक लगानी कोष सानिमा म्युचुअल फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ ।
सानिमा क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।
फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
फण्डको इकाईमा माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा माघ २६ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ ।
सात वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
सानिमा क्यापिटल सानिमा बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।


