ठमेलमा खुल्यो २ अर्ब लागतमा फो स्टार होटल प्लाजा एण्ड स्वीट्स |
काठमाडौं । काठमाडौको ठमेलमा २ अर्ब लागतमा अत्याधुनिक फो स्टार होटल ठमेल होटल प्लाजा एण्ड स्वीट सञ्चालनमा आएको छ । नेपाली लगानीकर्ता सहित, गैरवासीय नेपाली संघ एनआरएनको समेत लगानीमा उक्त होटल संचालनमा आएको हो ।
शुक्रबार एक समारोहका बीच परराष्टमन्त्री प्रदिपकुमार ज्ञवालीले रिवन काटेर होटलको औपचारिक रुपमा उद्घाटन गरे । होटल प्लाजा अन्तर्राष्ट्रिय ब्रान्ड रामणाको नेपाली होटल हो । हाल विश्वभर रामणाका ९ हजार ६ सय होटलहरु रहेका छन् भने संसारभरका विभिन्न ९० देशहरुमा गरी २० शाखाहरु रहेका छन् ।
हालैमात्र सञ्चालनमा आएको होटल ठमेल प्लाजामा ६ स्वीट रुमसहित ९० कोठाहरु रहेका छन् भने अतिरिक्त सुईमिङ पुल, जिमहल, गार्डेन, स्पा लगायतका मनोरञ्जनका सेवा सुविधाहरु उपलब्ध रहेको होटलले जनाएको छ । हाल २ अर्ब पुँजीबाट सञ्चालनमा ल्याइएको होटलमा थप १ अर्ब ५० करोड थप्दै कुल ३ अर्ब ५० करोड पुँजी पुर्याउने लक्ष्य रहेको होटल सञ्चालक समितिका अध्यक्ष गोपाल पंगिनीले जानकारी दिए ।


