आठौं टोपी दिवसमा औपचारिक कार्यक्रम नहुने |
काठमाडौं । नेपाल टोपी प्रतिष्ठानले आठौं टोपी दिवस मनाउने भएको छ । तर कोभिड महामारीको समयमा स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै यस वर्ष कुनै औपचारिक कार्यक्रम नगरिने प्रतिष्ठानले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको छ ।
स्वस्फुर्त रुपमा अंग्रेजी महिनाको जनवरी १ तारिखको दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आइएकाे छ ।
‘यस वर्ष आठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउदैछौं । जनवरी १ तारिखलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपालीमुलका नागरिक र सम्पूर्ण नेपालीभाषीहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु एकमात्र उद्देश्य रहेको छ,’ विज्ञप्तीमा लेखिएको छ ।
संस्थापक अभियन्ता डालेखनाथ काफ्ले र शंकर बञ्जाडेले सामाजिक संजालबाट सुरु गरेको यस अभियानलाई संस्थागत र थप ब्यबस्थित बनाउन नेपाली टोपी प्रतिष्ठान नामक संस्था पनि गठन भै सकेको छ । साथै हालसम्म विश्वका ३९ देशमा नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भै सकेको प्रतिष्ठानले बताएको छ ।
यहि पौष १७ गते जनवरी १ तारिख, २०२१० का दिन अवस्था अनुकुल नेपाली टोपी लगाइ अभियानमा सहभागी हुन प्रतिष्ठानले विशेष अपिल गरेको छ ।


