लिभोन ‘सिल्की हेयर एण्ड स्मुथ राइड’ लक्की ड्रको अन्तिम विजेता बनिन् सुजिता मगर |
काठमाडौं । मेरिकोको एक स्थापित ब्राण्ड लिभोन केश स्याहारको दायरामा विविध उत्पादनहरु निर्माण गर्न सफल ब्राण्ड हो र यसले प्रि–वास (क्रिम आयल), इन–वास (स्याम्पू, कण्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरु बजारमा उपलब्ध गराएको छ ।
लिभोन नेपालले चिरपरिचित डिपार्टमेन्ट स्टोर भाटभटेनीसँगको सहकार्यमा “सिल्की हेयर एण्ड स्मूथ राइड” उपभोक्ता योजना संचालन गर्दै आइरहेको थियो ।
यस योजना अन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनको स्याम्पू अथवा कण्डिसनरहरु खरीद गर्ने ग्राहकहरु मध्ये एक भाग्यशाली ग्राहकले प्रत्येक महिना यामाहा फसिनो १२५ ँक्ष् स्कूटी उपहार पाउँदै आएको थियो ।
लिभोनले ५ महिनासम्म चलाएको ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ अभियानको अवधिभरि निकै धेरै उत्साहाजनक सहभागिता पाएको थियो र लिभोनका उपभोक्ताहरूले पनि यस योजनामा ठूलो चासो देखाएका थिए ।
आफ्नो अन्तिम विजेता सहित, लिभोनले यस प्रतियोगिताको माध्यमबाट कुल ४ यामाहा फासिनो १२५ँक्ष् स्कूटरहरू प्रदान गरिसकेको छ ।
लिभोनले आफ्नो अभियान साझेदारहरु– भटभटेनी सुपरमार्केट र यामाहा नेपालबाट पनि अधिकतम समर्थन प्राप्त गरेको छ । १० पुष, २०२० मा कलंकी भटभटेनीमा आयोजित अन्तिम विजेता घोषणा समारोहमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ उपस्थित थिइन् ।
सो कार्यक्रममा उपस्थित दर्शक तथा ग्राहकहरुमाझ मिस नेपाल नम्रता श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अँकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गर्नु भएको थियो ।
जस अनुसार यस “सिल्की हेयर एण्ड स्मूथ राइड” श्रृङ्खलाको अन्तिम यामाहा फेसिनो १२५ स्कुटर एफआई विजेता कुपन नं ९५२०काठमाडौं निवासी सुजिता थापा मगर बनेकी छिन् ।
लिभोन स्याम्पू र कण्डिसनरहरु विशेष गरेर नेपाली उपभोक्ताहरुलाई मध्यनजर राखेर तयार पारिएका छन् । सल्फेट र पाराबेनमुक्त फर्मुलेसनका यी उत्पादनहरु नेपालभर अन्य उत्पादनहरु क्रिम आयल र सिरमका साथ अत्यन्त सुलभ मूल्यमा स्वाबलम्वी, महत्वाकाङ्क्षी र स्टाइल–प्रेमी महिलाहरुका लागि उपलब्ध छन् ।
लिभोनका नयाँ केश स्याहार उत्पादनहरु आफ्ना उपभोक्ताहरुलाई ‘गूड हेयर डे, एभ्री डे’ प्रदान गर्न प्रतिबद्ध छन् ।


