नबिल बैंकले शेयरधनीहरुलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने |
काठमाडौं । नबिल बैंकले शेयरधनीहरुलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक संचालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्ष २०७६∕७७ बाट शेयरधनीहरुलाई ३५.३६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले शेयरधनीहरूलाई ३३.५ प्रतिशत बोनस शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्ता र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।


