७५ जिल्लानगर अध्यक्षले किशोर प्रधानलाई समर्थन गर्ने, यसो भन्छन् जिल्ला नगरका अध्यक्षहरु |
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं राष्ट्रिय साधरण सभा बिहिबारबाट सुरु हुँदै छ । अध्यक्ष भवानी राणााले गएको सोमवार सहमतिका लागि गरेको अन्तिम प्रयास बिफल भएपछि लोकतान्त्रिक बिधि निर्वाचनमार्फत नेतृत्व टुङ्ग्याउन दुवै पक्ष सहमत भएका छन् ।
कोरोना भाइरसको महामारीकाबीच नेतृत्व चयन सहितको साधरण सभा भएकाले यसपटक सहमतिको आधारमा नेतृत्व चयन गर्न दवाव बढे पनि सहमति बन्न सकेन । बर्तमान अध्यक्ष भवानी राणा, मङ्सीर १३ गतेबाट स्वःतह अध्यक्ष बन्ने शेखर गोल्छा, निर्वतनमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु कुसकुमार जोशी, रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, प्रदिपकुमार श्रेष्ठलगायतका अधिकांस पूर्व अध्यक्षहरुले किशोर प्रधानलाई बरिष्ठ उपाध्यक्षमा निर्वाचित गराउन अपिल गरीरहेका छन् । ५० प्रतिशत मतभार रहेको जिल्लानगरका अधिकांस अध्यक्षहरु पनि साधरण सभामा भाग लिन काठमाडौं आइसकेका छन् ।



