सिजी ब्राण्डको लक्की ड्र विजेताहरु घोषित |
काठमाडौं । सिजीले दशैं तिहार पर्वलाई लक्षित गरि “कुशल स्वास्थ्य असल पर्व’ नामक योजना घोषणा गरेको छ ।
सिजीले “कुशल स्वास्थ्य असल पर्व” योजना अन्तर्गत कुनै पनि सिजी ब्राण्डका स्वच्छ र स्वास्थ्य घरायसी सामानहरुको खरिदमा हात खाली नजाने पक्का उपहारहरुका साथै आकर्षक छूटहरु पनि प्राप्त गर्न सकिने योजना ल्याएको जनाएको छ ।
डिजिटल क्याम्पेनमार्फत सिजीले केही विजेताहरुलाई पुरस्कृत गरको छ । पुरस्कृतहरु मध्य वड पज्जल कन्टेस्ट मा ऋतु सिलाकर र राजिव झा त्यसैगरी गेस एण्ड वीनमा सुशील बन्जारा र सुरक्षा श्रेष्ठ भाग्यशाली बिजेता चुनिएका छन् ।
उनीहरुले सिजी ब्राण्डको तर्फ़बाट सिजीकै प्रेसर कुकर, भ्याकुम फ्लाक्स, आइरन र प्यान उपहारहरु प्राप्त गरेका छन् । अझै धेरै आकर्षित चुनौतीहरु सिजी ब्राण्डको फसेबुक पेजमा पोस्ट गरेका छन् ।


