नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्यो निर्वाचन तालिका |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तीन ठाउँमा निर्वाचन गर्ने गरी बुधवार निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र पज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रमहरू गर्ने सूचनामा भनिएको छ । कोभिड १९ र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई द्धिष्टिगत गर्दै भिन्दा भिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ । आगामी मङ्सिर ११ र १२ गते ५४ औ वार्षिक साधारण सभाको मिति तोकिएको छ ।
दुई दिन हुने साधारण सभामा १२ गते निर्वाचन हुने बताइएको छ । उक्त निर्बाचनकोलागि उम्मेद्वारहरुको मनोनयन पत्र बुधवार देखिनै दाखिला गर्न सकिने छ । दाखिला भएको मनोनयन पत्रको आधारमा उम्मेद्वारहरुको पहिलो नामावली मङ्सिर चार गते साँझ ६ बजे प्रकाशित हुने छ । उम्मेद्वारहरुका विरुद्धमा परेका दाबि विरोधको छिनोफानो पछि अन्तिम नामावली मङ्सिर ८ गते प्रकाशन हुने सूचनामा भनिएको छ ।



