सिटिजन्स बैंकका ग्राहकले डिल आयो डट कममा २५ प्रतिशत क्यासब्याक पाउने |
काठमाडौं । सिटिजन्स बैंक ग्राहकहरुले डिल आयो डट कममा २५ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् ।
बैंकका डेबि/क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फन्ड ट्रान्सफरका माध्यमबाट कारोबार गर्दा उक्त छुट पाउने भएको हो ।
डिल आयो डट कममा हजार भन्दा माथिको कारोबार गर्दा २५ प्रतिशत सम्म वा २५ सय सम्मको क्यासब्याक पाउनसक्ने बताइएको छ ।
यो योजना कात्तिक ६ गते सम्म लागू हुने छ ।
सिटिजन्स बैंकको १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ एकाईहरु रहेका छन् ।


