सरकार र डा. केसीबीच ८बुँदे सहमति, अनसन आज तोडिने |
काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसीबीच हिजो मध्यरातमा ८ बुँदे सहमति भएको छ ।
२७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार डा.केसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन तोडिएको घोषणा गर्नेछन् ।
सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।
सहमतिका बुँदाहरुको सूची यस्तो छ ː





