कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यू, मृत्यू हुनेको संख्या ५९० पुग्यो |
काठमाडौं । गत एक दिनमा कोरोना संक्रमणका कारण थप १२ जनाले ज्यान गुमाएका छन् । यो संख्यासँगै नेपालमा कुल ५९० जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
आज निधन भएकामध्ये काठमाडौं उपत्यकाका पाँच जना रहेका छन् । काठमाडौंका ५८ वर्षिय र ९१ वर्षिय दुई पुरुष तथा ७९ वर्षिय एक महिलाको संक्रमणका कारण निधन भएको हो ।
यस्तै ललितपुरका ७३ वर्षकी एक वृद्धा र भक्तपुरकी ८२ वर्षिय महिला संक्रमितले ज्यान गुमाएका छन् ।



