आइएमई पे र लालबन्दी खानेपानीबीच सम्झौता |
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई पे’ र लालबन्दी खानेपानीवीच सम्झौता भएको छ । सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेण्ट पार्टनरहरू वा आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन् ।
सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट आइएमईका प्रदेश नं. २ इन्चार्ज अरुणकुमार भण्डारी र लालबन्दी खानेपानी प्रमुख मुकुन्दकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। यस सम्झौताबाट ६ हजार ५ सय १४ (६५१४) घरधुरी लाभान्वित हुनेछन् ।


