अशोज १४, २०७७ काठमाडौं उपत्यकामा एकैदिन ९०२ जनामा कोरोना संक्रमित पुष्टि | आर्थिक पाटी संवाददाता काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ९०२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । आज थपिएका संक्रमितमध्ये काठमाडौंका ६९७ जना , ललितपुरका ११२ जना र भक्तपुरका ९३ जना रहेका छन् ।