कनेक्ट आईपीएसमा थप बैंकका खाता अनलाइन भेरीफाई गर्न सकिने |
काठमाडौं । कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाइ गर्ने सुविधा थप बैंक तथा वित्तीय संस्थाहरुमा उपलब्ध भएका छन् । यसै क्रममा नेपाल बङ्गलादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमइ बैंक, बैंक अफ काठमाण्डू ,मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, ज्योती विकास बैंक तथा आइसिएफसि फाइनान्स लगायतका बैंक वित्तीय संस्थामा उक्त सुविधा उपलब्ध भएको हो ।
साथै अन्य बैंक तथा वित्तीय संस्थामा पनि यो सुविधा थपिने आवश्यक प्रक्रिया भइरहेको नेपाल क्लियरिङ हाउसले जनाएको छ ।
यस असलाइन सुविधासँगै बैंक तथा वित्तीय संस्थाका ग्राहकहले कनेक्ट आईपीएस मा लिंक गरिएको खाता भेरिफाइ गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन भने अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सकिनेछ ।
बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक अकाउन्टभित्र आफ्नो खाता लिंक गरिसकेपछि मेनेज एकाउन्टभित्र सेल्फ भेरिफाइ अकाउन्टमा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्दछन् । यस प्रक्रियामा ग्राहकको विवरण, ओपीटी, र माइक्रो डिपोजितको आधारमा सुरक्षित रुपमा अनलाइन भेरिफिकेसन हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
हाल कनेक्ट आईपीएसमा ५४ बैंक तथा वित्तीय संस्थाहरु सदस्य रहेका छन् ।


