कोरोनाकै बीच सौर्य एयरले थप्यो जहाज |
काठमाडौं । सौर्य एयरलाइन्सले काेराेना महामारीकै क्रममा एउटा जहाज थपेको छ। गएको छ वर्षदेखि सञ्चालनमा रहेको एयरलाइन्समा भारतको कुबेर ग्रुप भित्रिएपछि जहाज थपेर उडान सुरु गर्ने भएको छ ।
असोजको दोस्रो साताबाट ट्रंक रुटमा पाँच गन्तव्यमा उडान सुरु गर्न लागिएको एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जानकारी दिए ।
सौर्यमा डेढ वर्ष अघि भारतको कुवेर समूह नयाँ साझेदारका रुपमा भित्रिएको थियो । कुवेर समूहका विकास मालुले भारत र दुवईमा बिभिन्न क्षेत्रमा लगानी गरेका छन्। यो समूहले दश वटा नयाँ जहाज खरिद गर्ने योजना बनाएको छ ।
सौर्यसँग यसअघि बम्बार्डियर कम्पनीका सिआरजे २०० जेट इन्जिनका २ जहाज थिए । लकडाउनको अवधिमा एयरलाइन्सले सोही सिरिजको ५० सिट क्षमताको जहाज ल्याएको छ ।
पोखरेलका अनुसार अहिले एयरलाइन्सको दैनिक गन्तव्य झापाको चन्द्रगढी एक, विराटनगरमा तीन, भैरहवा दुई, नेपालगञ्ज दुई र धनगढीमा दुई उडान गर्ने छ ।


