आजदेखि मालपोत कार्यालय खुल्यो, आइतबारबाट सम्पुर्ण सेवा दिइने |
काठमाडौं । आजदेखि मालपोत कार्यालयले सेवा दिन शूरु गरेका छन । सरकारले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै बन्द भएका मालपोत कार्यालय खुला भएको हो । साउन २८ गतेबाट सेवा बन्द गरेको मालपोत कार्यलयले आजबाट सेवा शुरु गरेको छ ।
यद्यपि, साउन २८ गतेयता पनि मालपोत आन्तरिक रुपमा प्रशासन सञ्चालनका लागि खुला भएको भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायाण पौडेलले जानकारी दिए । आज र भोलि अत्यावश्यक परेका सेवाग्राहीको घरजग्गा रोक्का र फुकुवाको काम गरिने र आईतबारबाट सम्पूर्ण सेवा दिइने पौडेलले बताए ।
आइतबारदेखि १० देखि ५ बजेसम्म कार्यालय खुला रहनेछ । यदि भिडभाड छ भने ५ बजेभन्दा बढी समय पनि कार्यालय खुलाउने महानिर्देशक पौडेल बताउँछन् । तर कुन बार के सेवा दिने भन्ने चाहि निर्धारण हुनेछ । सबै सेवा एकैपटक पाइनेछैन । साथै, आइतबारबाट स्थानीय तथा वडामा विभाजन गरेर आलोपालो प्रणालीमा कारोबार खुल्ला गर्ने निर्णय भएको पनि उनले बताए ।


