काठमाडौंका कोरोना संक्रमितको अल्का अस्पतालमा मृत्यु |
काठमाडौं । काठमाडौंमा थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ । जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगलबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ ।
काठमाडौं विशालनगर निवासी उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो। भर्ना गर्दै उनको स्वास्थ्य जटिल रहेको र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
मंगलबार नै उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । मृतक पुरुष मधुमेह, रक्तचापका विरामी रहेको अस्पतालले जनाएको छ ।
मृतकको शव अहिले अस्पतालमै रहेको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।


