यामाहाको ‘रेजीआर १२५ एफआई’ स्कुटर नेपाल आउँदै |
काठमाडौं । यामाहाको ‘रेजीआर १२५ एफआई’ स्कुटर नेपाली बजारमा आउने निश्चित भएको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टप्राइजेजले बीएस ६ र एफआई इन्जिन भएको नयाँ स्पोर्टी स्कुटर ‘रेजीआर १२५ एफआई’ भित्र्याउन लागेको हो ।
बीएस ६ कम्प्लायन्ट इन्जिन भएको यो स्कुटर प्रिमियम मार्केटलाई मध्यनजर गर्दै बजारमा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।
यसमा यसमा आधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधी रहेको छ ।
यामाहाले यो स्कुटर इन्धन किफायति भएको जनाएको छ । उसले बिएस सिक्स इन्जिनका कारण १६ प्रतिशत माइलेज बढ्ने दाबी गरेको छ । यसमा रहेको स्मार्ट स्टार्ट र स्टप प्रणालीका कारण किफायति बढ्ने कम्पनीको भनाइ छ ।
स्कुटर रोकिनेवित्तिकै आफै इन्जिन पनि बन्द हुने यो प्रणालीमा सहजै रिस्टार्ट हुने कम्पनीले बताएको छ। यो स्कुरटरमा २ तहमा सिट डिजाइन गरिएको छ ।
यामाहाले बीएस ६ र एफआई प्रविधि भएका मोटरसाइकल र स्कुटर लगातार सार्वजनिक गर्दै आएको एमएडब्लुको जनाएको छ ।
एमएडब्लुले यो स्कुटर भर्चुअल माध्यमबाट असोज पहिलो साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।


