कोरोनाको बिरामीका लागि ‘रेम्डेसिभिर’ औषधिको पहिलो ब्याच नेपाल आइपुग्यो |
काठमाडौं । रेम्डेसिभिर नामक औषधिको पहिलो ब्याच नेपालमा आइपुगेको छ। यतिकेम वितरक प्रालिले कोभिड–१९ संक्रमितलाई प्रयोग हुने उक्त औषधि नेपालमा ल्याइएको घोषणा गरेको हो ।
यतिकेमको निगरानीमा सिप्ला लिमिटेडले ’सिपरेमी’ नामक ब्रान्डको उक्त औषधि विश्व बजारमा पुर्यासउन उत्पादनको भूमिका खेलेको छ ।
सो कम्पनीलाई रेम्डेसिभिर औषधि द्रुत गतिमा उत्पादन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग (डिडिए)ले स्वीकृति दिइसकेको छ ।
कम्पनीकाअनुसार पहिलो ब्याचको ४८० सिसी बनिसकेको छ। जसको प्रति सिसी (पर भायल) ६ हजार ४ सय रुपैयाँ मूल्य पर्छ । कम्पनीले सबै संक्रमितको पहुँचमा पुगोस् भन्ने उद्देश्यले सस्तोमा यो औषधि उपलब्ध गराइएको दाबी गरेको छ ।
कम्पनीका अध्यक्ष प्रभु आर वैद्यले भने, ’हामीले २ हजार सिसी बनाउन अनुमति पाएका छौं ।’ उनका अनुसार यो औषधि तीन ब्याचमा बनाइनेछ । ४८० सिसीको दोस्रो ब्याच सेप्टेम्बर १० सम्म बनिसक्ने र बाँकी १०४० सिसी ब्याच सेप्टेम्बर २५ सम्म बनिसक्ने कम्पनीको भनाइ छ ।
नेपाल सरकारले कोभिडका गम्भीर बिरामीलाई यो औषधिको प्रयोग गर्न भर्खरै शुरु गरिसकेको जनाएको छ । जसको प्रयोग गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मापदण्ड र निर्देशन अपनाउनु पर्ने हुन्छ ।
साथै परिषद्ले नै तोकेको चिकित्सकको निगरानीमा हुनुपर्छ । यो औषधि हालै मात्र ’फुड एन्ड ड्रग (एफडिए) एडमिनिस्ट्रेसन’, युएसले ’इमर्जेन्सी युज अथोराइजेसन उपचारका रुपमा कोभिडबाट संक्रमण पुष्टि भएका बालबालिक तथा युवालाई प्रयोग गर्न स्वीकृति दिएको हो ।
‘रेम्डेसिभिर’ औषधि प्रायजसो कोभिडका गम्भीर बिरामीलाई प्रयोग गरिन्छ । शरीरमा अक्सिजनको मात्रा कम भएर आइसियुमा राखिएका बिरामीलाई पनि प्रयोग हुन्छ,’ डा. अशेष ढुंगानाले भने ।
Visited 1 times, 1 visit(s) today


