निषेधाज्ञाभरी ’होम डेलिभरी’ सेवा बन्द, समातिएका कम्पनीका संचालक र कर्मचारी रिहा |
काठमाडौं । उपत्यकामा अनलाइनमार्फत् सामान अर्डर गरि घर घर पुर्या.एको भन्दै नियन्त्रणमा लिएका विभिन्न कम्पनीका संचालक तथा कर्मचारीलाई प्रहरीले छाडेको छ ।
उपत्यकाभित्र जारी भएको निषेधाज्ञामा होम डेलिभरी नदिने सर्तमा उनीहरुलाई बिहीबार राति नै रिहा गरिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले बताए ।
’निषेधाज्ञाभरी उहाँहरुले सामान डेलिभरी नगर्ने सर्तमा कागज गरेर छुट्नु भएको छ,’ एसएसपी ज्ञवालीले भने ।
उपत्यकाबाट सामान डेलिभरी गर्न हिँडेका इ–कमर्स, सस्तोमेला लगायत कम्पनीका कर्मचारी र संचालकसहित ८० जनालाई सवारी साधनसहित प्रहरीले बिहीबार बिहान र दिउँसो नियन्त्रणमा लिएको थियो । इ–कमर्स कम्पनीको कार्यालयमा नै पुगेर प्रहरीले सञ्चालकहरूलाई पनि नियन्त्रणमा लिएको थियो ।


