भन्सार एक्जिम कोड नवीकरण गर्ने समय असोज मसान्तसम्म थप |
काठमाडौं। भन्सार विभागले आयात निर्यात (एक्जिम) कोड नवीकरणको मिति थप गरेको छ । विभागले नवीकरण गर्ने मिति असोज मसान्तसम्म थप गरेको हो ।
विभागले भन्सार नियमावली, २०६४ को प्रावधान अनुसार निकासी वा पैठारी संकेत नम्बर प्रत्येक आर्थिक वर्ष शुरु हुन अगावै निवेदन दिई नवीकरण गराउनु पर्ने म्याद मसान्तसम्म थप गरिएको हो ।
चैत्र १० गतेपछि म्याद सकिएको निकासीरपैठारी संकेत नम्बर नवीकरण नभएका फर्मलाई समेत यो मितिमा समावेश गरिएको छ ।
कोड अनलाइन प्रणालीबाटै नवीकरण गर्न सकिने विभागले जनाएको छ । यसअघि व्यवसायीको आयात निर्यात सम्बन्धी सबै कागजात एकै प्रणालीबाट उपलब्ध गराउने गरी कोड वितरण प्रक्रिया सुरु गरेको थियो । यो कोड विभागले ३० हजार व्यवसायीलाई वितरण गरेको छ ।


