‘माटो’ ब्रान्डका फलफूल-तरकारीको ‘होम डेलिभरी’ |
काठमाडौं । गोल्यान ग्रुपले ल्याएको माटो ब्रान्डका फलफूल तथा तरकारी अवदेखि होमडेलिभरी हुने भएका छन् ।
सरकारले निषेधाज्ञा गरेको सन्दर्भमा काठमाडौं उपत्यकाभित्र होम डेलिभरीको सुविधा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले विभिन्न प्रकारका मौसमी ताजा तरकारी तथा फलफूल उत्पादन तथा बजारीकरण गर्दै आएको छ ।
काठमाडौंका विभिन्न ठाउँमा आउटलेटसमेत राखेको माटोले वर्तमान समयमा होम डेलिभरीका लागि अर्डर गर्नका लागि फोन गर्नुपर्ने जानकारी दिएको छ ।
यसका लागि ९८०१०६८०९४ / ९८०१०३४४३१/९८०१०६१८६१ नम्बरमा फोन गर्नुपर्ने छ ।


