काठमाडौं उपत्यकामा १५९ जना सहित ६८१ जना कोरोना संक्रमित थपिए |
काठमाडौं । पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै काठमाडौं उपत्यकामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


