राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०२ वर्षको उमेरमा निधन |
काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । उनको १०२ वर्षको उमेरमा निधन भएको हो । कवि घिमिरेको केही बेर अघि आफ्नै निवासमा निधन भएको हो ।
वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मेका कवि घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकारका रुपमा परिचित छन् । उनका किन्नर किन्नरी, नवमञ्जरी, नयाँ नेपाल, घामपानी जस्ता कविता सङ्ग्रह चर्चित छन्। यस्तै साझा प्रकाशनद्वारा प्रकाशित शोककाव्य ’गौरी’ र ’राष्ट्रनिर्माता’ काव्यको पनि रचना उनले गरेका हुन् ।
लोकप्रिय राष्ट्रिय गीत ’गाउँछ गीत नेपाली’का रचनाकार घिमिरेका चर्चित गीतहरूमध्ये तारादेवीको स्वरमा रहेको ’फूलको थुङ्गा बगेर गयो’ र नारायण गोपालले आवाज दिएको ’आजै र राति के देखेँ सपना’ हुन् ।


