विगमार्टको तीज अफर, सामान किन्दा तीन तोला सुन |
काठमाडौं । विगमार्ट सुपरमार्केटले गोल्डेन तीज अफर ल्याएको छ। यो अफरमा ३ जनालाई ३ तोला सुनको तिलहरी उपहार दिइने विगमार्ट सुपरमार्केटले जनाएको छ ।
विगमार्ट सुपरमार्केटबाट सामान खरिद गर्दा यो उपहार पाउन सकिने कम्पनीको भनाइ छ । सामान खरिद गर्न आएकाहरु मध्येबाट लक्की ड्र गर्ने विजेता घोषणा गरिने बिर्गमार्टको छ ।
एक जना विजेता भने घोषणा भइसकेको छ। बाँकी दुई जना विजेता घोषणा हुन बाँकी छ। विगमार्टका उपत्यकामा ५० वटा स्टोर छन ।


