सेन्चुरी बैंकको खुद नाफा ३४ प्रतिशतले वृद्धि |
काठमाडौं । सेन्चुरी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९० करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ३४ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यस बैंकले ६७ करोड ६४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १०.४१ र १९.७७ प्रतिशतले बढाउन सफल भएको छ ।
वितरण योग्य नाफा भने २५.२३ प्रतिशतले घटेर ४० करोडमा सीमित भएको छ । बैंकले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः १२.६६ र १.९५ प्रतिशतले बढाउन सफल भएको छ । असारसम्म यसको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोषमा १ अर्ब ५३ करोड रुपैयाँ छ । पुँजीको आधारमा हेर्दा रिजर्भ कोष भने तुलनात्मक रुपमा कमजोर देखिन्छ ।
तर गत वर्षको तुलनामा भने रिजर्भ कोषमा आकर्षक सुधार भएको हो । चौथो त्रैमाससम्म आइपुग्दा सेन्चुरीको प्रतिसेयर आम्दानी ० रुपैयाँ ५४ पैसाले बढेर १० रुपैयाँ ७७ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७६ पैसा रहेको छ ।
Visited 1 times, 1 visit(s) today


