रुकुम घटनामा मृत्यु हुनेका परिवारलाई १०∕१० लाख राहत दिने मन्त्रिपरिषदको निर्णय |
काठमाडौं । सरकारले रुकुमको चौरजहारी घटनामा ज्यान गुमाएका सदस्यका परिवारलाई प्रतिसदस्य १० लाखका दरले प्रदान गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै प्रवक्ता युवराज खतिवडाले सो जानकारी गराए ।
सो घटनामा ६ जनाले ज्यान गुमाएका थिए । घटनामा नवराज बिक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही तथा टीकाराम नेपालीले ज्यान गुमाएका थिए । त्यस्तै घाइते सबैको सरकारले निशुल्क उपचार गर्ने भएको छ ।
रुकुम चौरजहारीको सोती गाउँमा जेठ १० गते मल्ल थरकी प्रेमीकालाई भगाएर ल्याउन भनी आफ्ना १८ जना साथीहरुलाई लिएर नवराज विक पुगेपछि उनीहरुमाथि लखेटी लेखटी आक्रमण भएको थियो ।
सो क्रममा बिकसहित ६ जनाले ज्यान गुमाएका थिए ।


