राष्ट्रिय आविष्कार केन्द्रलाई ज्योति विकास बैंककाे ८ लाख सहयोग |
काठमाडौं । ज्योति विकास बैंकले आफ्नाे १२औं वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय आविष्कार केन्द्रलाई ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
साेसम्बन्धी सम्झाैतापत्रमा बैंककाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र केन्द्रकाे तर्फबाट अध्यक्ष डा. महावीर पुनले हस्ताक्षर गरेका हुन् ।
बैंकले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेकाे विकास प्रवर्द्धन कोषमार्फत सो रकम दिने गरी सम्झौता गरेको हो ।
आविष्कार केन्द्रलाई न्यानाे नानी बेबी वार्मरसम्बन्धी परियोजनामा सहकार्य गर्ने उद्देश्यले आज सो सहयोग गर्ने सम्झौता भएको हो । बैंकले १० वटा बेबी वार्मर बनाउन सो रकम सहयोग गर्ने भएको हो ।
बैंकले सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ ।
हाल बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध राउँदै आइरहेको छ । हालसम्म बैंकले ३ लाखभन्दा बढी खाताबाट करिब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३१ अर्ब रुपैयाँ लगानी गर्न सफल भएको छ ।


