हवाई उडानबाट भारतसहित ३० मुलुकबाट ४५ हजार बढी नेपाली स्वदेश फर्किए | नेपाल फर्किनेमा सबभन्दा बढी दुबई र सबभन्दा कम श्रीलंकाबाट
काठमाडौं । कोरोना महामारी शुरू भएयता ४५ हजारभन्दा बढी नेपाली हवाई उडानबाट स्वदेश फर्किएका छन् । भारतसहित विश्वका ३० देशबाट अहिलेसम्म ४५ हजार ८ सय १२ जना नेपाल फर्किएको कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले जनाएको छ । शुक्रबार मात्र १ हजार १२ जना स्वदेश फर्किए ।
विदेशमा अप्ठ्यारो परेकाहरूलाई सरकारले प्राथमिकताका आधारमा जेठ तेस्रो सातादेखि नेपाल फर्काउन सुरू गरेको हो ।
नेपाल फर्किनेमध्ये सबभन्दा धेरै दुबईबाट १२ हजार १ सय ७५ जना छन् भने सबभन्दा थोरै श्रीलंकाबाट ५ जना छन् ।
त्यस्तै, साउदी अरेबियाबाट ६ हजार ९ सय ९७, मलेसियाबाट ६ हजार ६ सय २०, अस्ट्रेलियाबाट १ हजार ८७, अफगानिस्तानबाट ३३, ओमानबाट ४ सय ९२, म्यानमारबाट २६, कुवेतबाट ६ हजार ३ सय २९, जापानबाट १ हजार २३, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरीयाबाट ७ सय २०, बंगलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९ नेपाली स्वदेश फर्किएका छन् ।
नेपाल फर्किनेमा सिंगापुरबाट २ सय ९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ७०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट १ सय २७, चीनबाट २ सय ८, टर्कीबाट १ सय १०, फिलिपिन्सबाट २ सय १, स्विट्जरल्याण्डबाट १०, दक्षिण सुडानबाट २ सय ५०, भारतबाट ८५ र इराकबाट ३९ जना छन् ।
Visited 1 times, 1 visit(s) today


