२४ मेगावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबी बैंक |
काठमाडौं । एनएमबी बैक लिमिटेडले २४ मेगावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।
कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ ।
सह—वित्तीयकरणमा सहभागी अन्य वैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एनआइसी एशिया बैंक लि. र प्रभु बैंक लि. रहेका छन् ।
२४ मेघावाट क्षमता भएको मादमे खोला जलविद्युत आयोजनाको कुल लागत ४.४८ अर्ब रहेको छ ।
जसमध्ये बैकहरुको लगानी कुल ३.३२५ अर्वको हुने बताइएको छ। यो आयोजनासँग एनएमबी बैकले कुल ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।



