२ सयभन्दा न्यून मौजदात, ३ वर्षदेखि निष्क्रिय खाता बन्द गर्दै हिमालयन बैंक |
काठमाडौं । हिमालयन बैंकले तीन वर्षदेखिन निष्क्रिय र न्यून रकम मौजदात भएका खाता बन्द गर्ने भएको छ ।
बैंकले सार्वजनिक सूचना जारी गर्दै २ सयभन्दा न्यून बचत भएका र तीन वर्षदेखि कुनै पनि कारोबार नभएका निक्षेप खाताहरु बन्द गर्ने जानकारी दिएको छ ।
त्यस्ता खाता भएका ग्राहकलाई सम्बन्धित शाखामा उपस्थित भइ सक्रिया गराउन बैंकले अनुरोध गरेको छ ।
आउने असोज ३० गतेसम्म त्यस्ता खाता सक्रिय नबनाए बैंकले कुनै पनि जानकारी नदिइ बन्द गराउने अवगत गराएको छ ।



