सुनको मूल्य एक लाख माथि, अन्तर्राष्ट्रिय बजारमा पनि नयाँ रेकर्ड |
काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्य बुधबार एक लाख नाघेको छ । साउन २१ गते बुधबार सुनको मूल्य एक हजार ६०० रुपैयाँले बढेर एक लाख एक हजार ४०० रुपैयाँ पुगेको छ ।
यसैगरी यसदिन तेजाबी सुन प्रतितोला एक लाख ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर एक हजार २९५ रुपैयाँ पुगेको छ ।
उता अन्तर्राष्ट्रिय बजारमा पनि बुधबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बुधबार सुनको मूल्य प्रतिअउन्स २ हजार ३० डलरमा पुगेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
कोरोना भाइरसको महामारी व्यापक रुपमा बढ्दै गएसँगै लगानीकर्ताहरु सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाईमा पुग्न थालेको हो ।


